विर्तामोडको एक ब्याग पसलमा आगलागी


१४ कार्तिक २०७९, सोमबार ११:५६ मा प्रकाशित

झापा । झापाको विर्तामोडमा रहेको प्रसाई मार्केटमा रहेको रोशन विष्टको ब्याग पसलमा सोमबार बिहान आगलागी भएको छ । विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । विर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट अधिकांश सामान जलेर नष्ट भएको छ भने थप क्षतिको विवरण आउँन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here