टी–२० विश्व कपमा बङ्लादेशले जिम्बाब्वेलाई हरायो


१३ कार्तिक २०७९, आईतवार १३:१० मा प्रकाशित

काठमाण्डौ । टी–२० विश्व कप क्रिकेटको आजको पहिलो खेलमा बङ्लादेशले जिम्बाब्वेलाई तीन रनले हराएको छ । अस्ट्रेलियाको व्रिस्बेनमा जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको जिम्बाब्वेले आठ विकेट गुमाएर १ सय ४७ रन बनायो । जिम्बाब्वेलाई जितको लागि अन्तिम बलमा पाँच रन चाहिएको थियो । अन्तिम बलमा जिम्बाब्वेले रन लिन सकेन । बङ्लादेशका खेलाडीले जितको खुसी मनाए, जिम्बाब्वेका खेलाडी हारेको भन्दै निरास भए र मैदानबाट बाहिरिए । तर रिभ्यु गर्दा अम्पायरले नो बलको सङ्केत दिएपछि दुवै टोलीका खेलाडी पुनस् मैदानमा फर्किएका थिए । खेल जित्नको लागि जिम्बाब्वेलाई चार रन चाहिएकोमा नो बलमा समेत रन लिन नसकेपछि खेल बङ्लादेशले जित्यो । जिम्बाब्वेका लागि सिन विलियम्सले सर्वाधिक ६४ रन बनाए । बलिङतर्फ बङ्लादेशका लागि तस्किन अहमदले तीन तथा मोसादिक होसाइन र मुस्ताफिजुर रहमानले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको बङ्लादेशले २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन बनायो । उसका लागि नजमुल होसाइन शान्तोले ७१ रन बनाए । जितसँगै तीन खेलमा चार अङ्क जोडेर बङ्लादेश दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको जिम्बाब्वे चौथो स्थानमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here