‘महापुरुष’ फिल्मको दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन


१३ कार्तिक २०७९, आईतवार १२:४१ मा प्रकाशित

काठमाडौं । दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ । प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ। देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो। यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ। फिल्मले शुक्रबार देशभर एक करोडको ग्रस कलेक्सन गरेको थियो । शनिबार फिल्मको व्यापार साढे एक करोड रहेको निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here