छठ पर्वः आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै


१३ कार्तिक २०७९, आईतवार ०७:३२ मा प्रकाशित

झापा । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै धुमधामका साथ मनाइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस बर्षको छठ पर्व समापन हुँदैछ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here