खोटाङमा खुकुरी प्रहारबाट एकजनाको ज्यान गयो


१२ कार्तिक २०७९, शनिबार १७:०९ मा प्रकाशित

झापा । खोटाङमा भतिजको खुकुरी प्रहारबाट काकाको ज्यान गएको छ । आपसी वादविवादका क्रममा शनिबार ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको ज्यान गएको हो । खुकुरीले गर्दनमा लागेका राईको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । पत्थरमानले रक्सी खाएको बेला काकालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here