‘नो, नट अगेन’ फेसबुक पेज बन्द गर्ने निर्देशन अभिव्यक्ति स्वतन्त्रताको हक विपरित छः भीम रावल


९ कार्तिक २०७९, बुधबार १०:४७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले निर्वाचनमा शीर्ष नेतालाई भोट नगरौं भन्ने अभिव्यक्तिप्रति निर्वाचन आयोगले ‘नो, नट अगेन’ फेसबुक पेज बन्द गर्न दिएको निर्देशनमा आपत्ति जनाउनु भएको छ।

नेता रावलले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानिएका नेतालाई निर्वाचन अघि नै विजयी घोषणा गरिदिए कसो होला भनेर प्रश्न गर्नुभएको छ ।

मंगलबार साँझ निर्वाचन आयोगले एक सूचना जारी गर्दै शीर्ष नेताबारे सामाजिक सञ्जालमा ‘नो नट अगेन’ लेख्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

यस्तो गतिविधि गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना र कैद गर्ने चेतावनी दिँदै आयोगले त्यस्ता फेसबूक पेज तथा ग्रुपहरु बन्द गर्न निर्देशनसमेत दिएको छ।

उहाँले आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार तथा अभिव्यक्ति स्वतन्त्रता र १९ को संचारको हक विरुद्धमा भएको बताउनु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here