प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुर पूजा


७ कार्तिक २०७९, सोमबार १५:४८ मा प्रकाशित

काठमाडौं । कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा रहेका कुकुरको पूजा गरिएको छ ।

कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारीहरु र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।

त्यस्तै प्रहरीको ’पप्पी’ कुकुरलाई उत्कृष्ट कुकुर घोषणा गरिएको थियो । हाल नेपाल प्रहरीसँग ८० वटा भन्दा बढी तालिम प्राप्त कुकुरहरु छन् ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here