एमाले अध्यक्ष ओलीको सर्वसाधारणसंग चार घन्टा टेलिफोन संवाद


४ कार्तिक २०७९, शुक्रबार १५:१६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग चार घण्टा टेलिफोन संवाद गर्नुभएको छ।
उहाँले सर्वसाधारणसंग टेलिफोन संवाद गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ ।
‘कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें । तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु’, ओलीले आफ्नो फेसबुक पेजमा शुक्रबार दिउँसो लेख्नुभएको छ।
उहाँले भन्नुभएको छ, ‘दुई लाख ९ हजार १ सय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here