नवौं राष्ट्रिय खेलकुदको आज समापन गरिँदै


३ कार्तिक २०७९, बिहीबार ०७:४४ मा प्रकाशित

पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने भएको छ ।
समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ ।  
महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।
महानगरले समापन समारोहमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ ।
नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here