झापा । पूर्वसभामुख ओनसरी घर्तीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको बताउनुभएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र २ बाट उमेदवार बन्नुभएकी घर्तीले आजको प्रतिग्रमनको बिरुद्धमा र अग्रगमनलाई स्थापीत गर्नका लागि तथा संविधान र लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको बताउनुभएको हो ।
शुक्रबार काठमाडौंमा हिमालयन न्युज एजेन्सीसंग कुरा गर्दै घर्तिले जनताको समृद्धिको बिषयमा आफु निरन्तर क्रियाशिल हुने पनि बताउनुभयो ।
उहाले अव पाँच बर्ष काठमाडौंको जनताका सेवाका बिताउन चाहेकाले अवसर प्रदान गर्न जनतासमक्ष आग्रह गर्नुभयो । घर्तिले आफु एउटा लक्ष्यका लागि बनेको वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार भएकाले जनताले विश्वास गर्ने धारणा राख्नुभयो ।
घर्तिले अब आफू निर्वाचित भएपछि जनताकै सेवामा रहन चाहेको समेत बताउनुभयो ।
संविधान रक्षाका लागि निर्वाचन लड्न लागेको हो : पूर्वसभामुख ओनसरी घर्ती
२८ आश्विन २०७९, शुक्रबार ११:१० मा प्रकाशित





