सुनको अवैध कारोवार नियन्त्रण गर्न प्रहरी सक्रिय


८ असार २०७६, आईतवार १९:३४ मा प्रकाशित

काठमाडौँ । अवैध रुपमा भारतबाट सुन ल्याएको अभियोगमा २०७५ फागुन २ गते कञ्चनपुरको झलारीका लक्ष्मण तिरुवा पक्राउ परे ।

उनको घरमा खाल्डोभित्र लुकाएर राखेको अवस्थामा पाँच किलो सुन फेला प¥यो । यस्तै प्रहरीले शङ्कर विकको घरमा पनि खाल्डोमा लुकाएर राखेको १८ किलो अवैध सुन बरामद ग¥यो । प्रहरीले अवैध सुन कारोवार नियन्त्रणका लागि सक्रियता बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल सुन अवैध कारोवारमा संलग्न व्यक्तिमार्फत सूचना लिएर अन्यलाई पक्राउ गर्ने अभियान तीव्र पारिएको बताउँछन् । चालू आवको ११ महीनामा सुनको अवैध कारोवारमा संलग्न १०७ जनालाई पक्राउ गरिएको छ ।

अघिल्लो आवमा ९० जना पक्राउ परेका थिए । सुनको अवैध कारोवार बढ्दै गएको छ । चालू आवमा पक्राउ परेका व्यक्तिबाट ८४ किलो सुन बरामद गरिएको पोखरेलले बताए । सो क्रममा रु २३ करोड ५५ लाख ४१ हजार राजश्व सङ्कलन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मात्र रु १२ करोड ९० लाख राजश्व सङ्कलन गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार अपराध र अपराधीप्रति कानूनी कठोरताको नीति लिएकाले घटनामा कमी आएको हो । प्रहरीले अवैध सुन कारोवार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै आएको छ । आधुनिक प्रविधिको कारण कारोवारीले सुनको अवैध कारोवारमा पनि नयाँ नयाँ शैली अपनाउने गरेका छन् । प्रहरीले सक्रियता बढाउनाका साथै सूचना सञ्जाल विस्तार गरेकाले अपराध घट्दै जाने पोखरेलको भनाइ छ ।

नियन्त्रणबारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले भन्सारसँग समन्वय गरी विशेष निगरानीका साथ सुनको अवैध कारोवार गर्नेलाई पक्राउ गरिँदै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here