झापा । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउंमा मलामी गएका १३ जना पहिरोमा परि बेपत्ता भएको र १३ जनाकोनै पहिचान खुलेको छ । तिलागुफा नगरपालिका(४ राँचुली गाउँबाट मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन् ।पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका(४ का ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धना शाही, ७६ वर्षका अलि शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षका मानबहादुर शाही, ४१ वर्षका मोतिलाल शाही, ५६ वर्षका वडाअध्यक्ष परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका डीएसपी जयश्वर रिमालले बताउनुभयो ।शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँदै गर्दा उनीहरु पहिरोमा परेका हुन् । घटनाले तिलागुफा नगरपालिका शोकमग्न भएको छ ।
मलामी गएका कालीकोटका १३ जना पहिरोमा परि बेपत्ता, सबैको पहिचान खुल्यो
२४ आश्विन २०७९, सोमबार १२:५६ मा प्रकाशित





