काठमाडौँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
आज ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
कार्यक्रममा उहाँले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु । मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री पाइनँ । सिके राउत र विप्लव समूहलाई पनि शान्तिपूर्ण ढंगले मूल राजनीतिक धारमा ल्याउनुभयो ।’





