गैरसरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने प्रधानमन्त्री देउवाको जोड


६ आश्विन २०७९, बिहीबार १३:५९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने बताउनुभएको छ ।

४३ औँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरि गैरसरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने बताउनुभएको हो ।

सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै उहाँले यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी सङ्घसंस्थासँग समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको आर्थिक, सामाजिक विकासमा सामाजिक संस्थाहरूको महत्वपूणर् भूमिका रहेको बताउनुभयो ।

सामाजिक सेवा दिवसका उपलक्षमा समाज कल्याण परिषद्ले मूल समारोह आयोजना गरेको हो । ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान’ भन्ने नाराका साथ विहिबार सामाजिक दिवस मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here