गठबन्धनको बैठक सकियो, राष्ट्रपतिको कदमबारे छलफल


५ आश्विन २०७९, बुधबार १२:०३ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श भएको नेताहरुले बताएका छन् ।

गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा छलफल बैठक बोलाइए पनि राष्ट्रपतिकै कदमको विषयमा बैठक केन्द्रित भएको नेताहरुको भनाइ छ ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले मंगलबार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भएपनि नगरेर संविधानको उलंघन गरेकी हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here