झापा । उदयपुरको त्रियुगा नगरपालिका ३ की २२ बर्षीया लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर मृत्यु भएको छ ।
मंगलवार दिउँसो सो खोलामा नुहाउन गएको अबस्थामा खोलामा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली त्यस स्थान तर्फ खटिएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।





