काठमाडौँ । मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ ।
संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि त्यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।





