नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रहितको कामः कमल थापा


५ आश्विन २०७९, बुधबार ०७:३७ मा प्रकाशित

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रहितको काम गरेको बताउनु भएको छ ।

संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अश्वीकार गरेपछि अध्यक्ष थापाको यस्तो धारणा आएको हो।

सामाजिक सञ्जालमा लेख्दै थापाले प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको उल्लेख गर्नुभएको छ ।

उहाँले विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको पनि बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here