एमालेद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली पारित


२ आश्विन २०७९, आईतवार १९:४४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली पारित गरेको छ ।

आइतबार केपी ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले ५७ जना महिला समेटेर ११० जनाको समानुपातीक सूची तयार गरेको हो ।

त्यस्तै प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सोमबार निर्वाचन आयोगमा समानुपातीक सूची बुझाउने उहाँले बताउनुभयो ।

उहाँले सूची तयार गर्दा यसअघि समानुपातिबाट सांसद बनेका, प्रत्यक्षमा उम्मृेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई अवसर नदिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here