निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेः ओली


२ आश्विन २०७९, आईतवार १९:३७ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदको कार्यकाल सकिएलगतै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको बताउनुभएको छ ।

आइतबार भक्तपुरको बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले अध्यक्ष ओलीले संसद्को कार्यकाल समाप्त भएको र त्यसअघि महाभियोग पारित नभएकाले जबराले सफाइ पाइसकेको बताउनुभएको हो ।

सत्ता पक्षले आफैले महाभियोगमा ढिलाई गरेर र समयमा प्रक्रिया अघि नबढाएर सफाइ दिएको उहाँको भनाइ छ । ओलीले जबराको निवास घेराउ गरेर तमासा देखाएको टिप्पणी गर्नुभयो । उहाले संविधान–कानून नमान्ने र जंगली राज चलाउने परिपाटीले प्रजातन्त्र नै नरहने जिकिर गर्नुभयो ।

ओलीले महाभियोग प्रस्तावमा सत्तापक्ष आफ्नो षड्यन्त्रको खाल्टोमा परेको तर्क गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here