नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ का तेक्वान्दो खेलाडीको छनोट प्रतियोगिता बिर्तामोडमा शुरु


१ आश्विन २०७९, शनिबार १७:१३ मा प्रकाशित

झापा । आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता झापाको बिर्तामोडमा शुरु भएको छ ।

शनिवारदेखि शुरु भएको उक्त छनोट प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ ।

केही समयपछि गण्डकी प्रदेशको पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद २०७९ का लागि तेक्वान्दो खेलाडी छनोट गर्न लागिएको खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले जानकारी दिनुभयो ।

उक्त छनोट प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकास तथा खेलकुद मन्त्री राजन राईले गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार सँधै लागि पर्ने बताउनुभयो ।

१४ वटै जिल्लाबाट छनोट भएका खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुदमा सफलता हासिल गर्दै प्रदेशको गरिमा बढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अन्य खेलका छनोट प्रतियोगिता पनि धमाधम भइरहेका छन् ।

केही खेलका छनोट झापामा भएका छन् भने केहीका अन्य जिल्लाहरुमा भइरहेको खेलकुद विकास समितिका पदाधिकारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here