निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन हुँदैनः ओली


१ आश्विन २०७९, शनिबार १६:३२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन नहुने बताउनुभएको छ ।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस अघि प्रतिनिधिसभा बिघटन गरेर निर्वाचनमा जाँदा प्रतिगमन भएको भन्नु गलत भएको भन्दै निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन नहुने बताउनुभएको हो ।

आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको उहाँको भनाइ छ । उहाले आगामी निर्वाचनमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

शनिबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उहाँले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताउनुभयो । निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर चल्न नहुने उहाँको भनाई छ ।

उहाँले संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्ने काम संसदले गरेकाले समग्रतामा संसदको यो कार्यकाल सफल रहेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here