संविधान दिवसको अवसरमा एमालेको पदयात्रा, नेपाल नेपालीले नै चलाउनुपर्छः ओली


१ आश्विन २०७९, शनिबार १२:१४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल नेपालीले नै चलाउनुपर्ने बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा पार्टीले शनिबार काठमाडौंमा आयाेजना गरेकाे पदयात्रालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिनुभयाे ।

नेपालकाे राष्ट्रियतामाथि धावा बाेल्ने काम नगर्न उहाँले चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे – ‘नेपाल नेपालीको हो, नेपाल अरु कसैले चलाउने होइन नेपाली जनताले चलाउने हाे, लोकतन्त्र नेपाली जनताकाे शासन हो, त्यसर्थ हामी सार्वभाैम सत्ता जनता राष्ट्र र राष्ट्रियताकाे रक्षाका लागि सहयात्रा गर्नुपर्ने बताउनुभयाे ।

नेपाललाई अगाडि बढाउन सबै एकजुट हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘संविधान दिवसलाई हामीले राष्ट्रिय पर्वकाे रुपमा मनाएका छाैं, दिवसलाई यसैअनुसार अगाडि बढाउन हामीले सहयात्रा गर्नुपर्छ, नेपाली जनता हार्न हुँदैन, लोकतन्त्र हार्न हुँदैन,राष्ट्रियता हार्न हुँदैन, विकासकाे अभियान हार्न हुँदैन, भ्रष्टाचार विराेधी अभियान हार्न हुँदैन, सुशासनको हाम्राे प्रयास हार्न हुँदैन, यसका लागि सक्रिय भएर लाग्न म सबै नेपाली जनतालाई आग्रह गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here