आजदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक स्थलमा धूमपान निषेध


१ आश्विन २०७९, शनिबार ०८:०७ मा प्रकाशित

काठमाडौँ । आजबाट काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ ।

महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको हो ।

सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा  सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो ।

महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here