झापा सुरुंगाको कनकाई बहुमुखी क्याम्पसले पायो क्युएए प्रमाणपत्र


३१ भाद्र २०७९, शुक्रबार २०:३१ मा प्रकाशित

कनकाई । त्रिभुवन विश्वविद्यालय अनुदान आयोग (युजिसी) ले उच्च शिक्षण संस्थाहरुलाई प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र झापाको कनकाई बहुमुखी क्याम्पसले प्राप्त गरेको छ ।

शुक्रबार क्याम्पसले शुक्रबार एक कार्यक्रम गरि क्युएए प्रमाणपत्र प्राप्त गरेको कुरा सार्वजनिक गरेको हो ।

कलेजका शिक्षक, विद्यार्थी, राजनितिक दलका प्रतिनिधिहरूले कनकाई नगर परिक्रमा गरेका थिए ।

परिक्रमापछि औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

उच्च शिक्षण संस्थालाई प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता सरह उक्त पहिचान पाउन पुस्तकालय, पठनपाठन, परीक्षा, विद्यार्थी उत्तीर्ण अनुपात, भौतिक सुविधामा अब्बल बन्नु पर्ने क्याम्पस प्रमुख विकासप्रसाद उप्रतीले बताउनु भयो ।

प्रमाणपत्र पाउने सबै प्रकिया पूरा गरेकाले कनकाई बहुमुखी क्याम्पसले क्यएए प्रमाणपत्र पाएको क्याम्पस प्रमुख उप्रतीको भनाइ छ ।

गएको १५ बर्षमा नेपाल भरि ७४ वटा क्याम्पसले क्यएए प्रमाणपत्र प्राप्त गरिसकेका छन् । क्यएए प्रमाणका लागि एसएसआर रिपोर्टमा राखिएको १२० वटा प्रश्नमा कलेज उतीर्ण हुनु पर्ने जनाइएको छ ।

झापा जिल्लामा ४ वटा कलेजले क्यएए प्रमाणपत्र पाएका छन् ।

कनकाई बाहेका झापाका दमक बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस र त्रिदेव बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र पाएका छन् ।

कनकाई क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष त्रीलोचन उप्रेतीले क्याम्पसको जिम्मेवारी अझै बढेको बताउँदै शिक्षामा कनकाईले पाएको यो सफलता कनकाईबासी, सरोकारवाला सबैको सफलता भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here