काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेको बताउनु भएको छ ।
स्व. नेता पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
आगामी निर्वाचनमार्फत् आफूहरू देशको पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गर्दै उहाँले जनताले आफूहरूलाई देशको जिम्मा दिन लागेको दाबी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा तीव्र गतिमा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।





