नेप्से २१.३० अंकले बढ्यो


२८ भाद्र २०७९, मंगलवार १५:४५ मा प्रकाशित

काठमाडौं ।   साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ ।

पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१.३० अंकले बढेको हो । बजार १९३४.०४ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको छ । मंगलबार सबै उपसमुहहरु राताम्य रह्यो । मंगलबार बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस कम्पनीको मूल्य १९४.१० प्रतिकित्ताले बढ्दै २,१३६ रुपैयाँ पुगेको छ ।

मंगलबार मैलुङ खोला, सानिमा लार्ज क्याप, यूनिभर्सल पावर कम्पनी, रिभरफल्स कम्पनीसहितको सेयर मूल्य धेरैले बढ्यो । नविल बैंक डिभेन्चरको मूल्य सबैभन्दा बढी ९.९५ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here