आजका लागि तय भएको राष्ट्रिय सभाको बैठक सर्यो, बुधबार बस्ने


२६ भाद्र २०७९, आईतवार ११:४० मा प्रकाशित

काठमाडौं । आइतबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक बुधबार बस्नेगरि सरेको छ ।

आइतबार अपराह्न १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश बुधबार बस्नेगरि स्थगित भएको हो।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here