काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा. बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किनु भएको छ ।
एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं अर्थ तथा योजना विभागका उपप्रमुख हुनुहुन्थ्यो ।
आइतबार चापागाईलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गर्नुभयो । राससका पूर्व महाप्रबन्धकसमेत रहनुभएका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने बताउनुभयो ।





