आजदेखि सोह्र श्राद्ध विधिवत सुरु


२६ भाद्र २०७९, आईतवार १३:०६ मा प्रकाशित

काठमाडौं । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष सुरु भएको छ ।

यसअघि प्रथम वार्षिक श्राद्धगरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो अवधिलाई सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here