निलम्बित प्रधानन्यायाधीश जबराले महाअभियोग सिफारिस समितिसमक्ष आज पनि बयान दिँदै


२६ भाद्र २०७९, आईतवार ०९:३५ मा प्रकाशित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिनुहुने भएको छ।

१२ः ३० बजे बस्ने समितिको बैठक जबराले बयान दिनु हुनेछ ।

समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।

फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो।

राणाविरूद्ध  दर्ता भएको महाभियोग प्रस्ताव छलफलका लागि २०७८ फागुन २९ गते प्रतिनिधि सभामा पेश भएको थियो।

तर त्यसको झन्डै ६ महिनापछि २०७९ साउन २२ गते मात्र महभियोग सिफारिस समितिमा पठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here