म्यादी प्रहरीमा आवेदन खुल्योः भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने


२६ भाद्र २०७९, आईतवार ०८:०५ मा प्रकाशित

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ ।

१ लाख १५ हजारको संख्याका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।

भर्नाका लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

सबै जिल्ला प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुर तथा प्रहरी प्रधान कार्यालयमा दरखास्त बुझाउन सकिनेछ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here