काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू आइतबार पनि छलफलमा जुट्दैछन् ।
शनिबारको बैठक निष्कर्षविहीन बनेपछि आज शनिवार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी छलफल हुने बताइएको छ ।





