अहिलेको गठबन्धनसंग कुनै सिद्धान्त र गन्तव्य नै छैनः ईश्वर पोखरेल


२५ भाद्र २०७९, शनिबार २०:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धनसंग कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताउनुभएको छ ।

एमाले मोरङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले गठबन्धन एमालेको बिरोध गर्न मात्रै भएको र यसको कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताउनुभएको हो ।

उहाँले आगामी निर्वाचनमा गठबन्धनको सवै षडयन्त्रलाई चिर्दै एमालेले बहुमति ल्याउने दावी पनि गर्नुभयो । अहिलेको तथ्यले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याउने देखिएको उहाँको भनाइ छ ।

त्यस्तै पोखरेलले अहिले आवश्यकता अनुसार केहि स्थानमा केहि दलहरुसंग चूनावी तालमेल हुन सक्ने तर गठबन्धन नै बनाएर अघि नबढ्ने धारणा राख्नुभयो । पोखरेलले नेपालको स्वाभिमानमाथि कसैले गलत नजर लगाउन नसक्ने कुरा एमालेले नै स्थापीत गरेको जिकिर गर्नुभयो ।

पोखरेलले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयन लगाएका बिषयमा देखिएको कमीकमजोरीलाई यसपटक एमालेले सुधार गरेर लैजाने धारणा राख्नुभयो ।

((

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here