गठबन्धनलाई बचाएर निर्वाचनलाई सम्पन्न गर्नु आफ्नो दायित्व भएको गृहमन्त्री खाँणको भनाइ


२५ भाद्र २०७९, शनिबार १९:३४ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा बृहत तरुण भेला उद्घाटन गर्दै खाँणले गठबन्धनलाई कायम राखेर आम निर्वाचन सुनिश्चित र सुरक्षितका साथै शान्ति सुरक्षा सहित सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताउनुभएको हो ।

उहाँले अहिले गठबन्धन तोड्ने निर्णय कांग्रेसले नगर्ने भन्दै गठबन्धनको बिषयमा गलत प्रचारका साथ कांग्रेसका कोही पनि नेताले भाषण गर्न नहुने धारणा राख्नुभयो ।

त्यस्तै उहाँले देशका सवै तहमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु रहेकाले सिट बाँडफाँट गर्दा आफ्नो प्रभाव बढी भएको क्षेत्र नगुमाउने गरि बुद्धिमतापूर्वक कांग्रेसले अडान राख्नुपर्ने बताउनुभयो ।

संविधानलाई कार्यान्वयन गराउने प्रमुख दायित्व कांग्रेसको भएकाले सवै दललाई लिएर अघि बढ्ने दायित्व पनि काग्रेसको भएको उहाँले बताउनुभयो । खाँणले गठबन्धनका अर्को दलको उम्मेद्वारलाई जिताउने चूनौति पार्टीमा रहेको बताउनुभयो ।

उहाँले भोट ट्रान्सपर जस्तो चूनौतिपूर्ण काम गठबन्धनका अन्य दललाई पनि रहेकाले यसलाइ सफलतापूर्वक सम्पन्न गर्ने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here