आफ्नो नेतृत्वमा बनाएको दललाई एक/दुई वर्ष पनि टिकाउन नसक्नेहरुले काम गर्न सक्दैनन्ः सिंह


२५ भाद्र २०७९, शनिबार १५:५० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक/दुई वर्ष पनि टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंको बानेश्वरमा कुमाले धारा मर्मतसम्भार उद्घाटन कार्यक्रममा नेता सिंहले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनु नै योग्यतको प्रमाण मान्न नसकिने समेत बताउनुभयो ।

उहाँले स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने बताउनुभयो ।

नेता सिंहले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेशिनबाट रोक्नुपर्नेमा जोड दिँदै त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिमकेन्द्र खोल्नुपर्ने बताउनुभयो ।

नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउन कांग्रेसले गठबन्धन बनाएर काम गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायीत्व कायम गरि सम्पन्नताको अभियानमा लैजानेसमेत धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here