काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
शनिबार काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर प्रधानमन्त्री देउवाले बेलायतकी महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्नुभएकाे हाे ।
उहाँले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश समेत लेख्नुभएकाे छ । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो ।
उहाँकाे निधनमा नेपाल सरकारले आजदेखि तीन सम्म शोक मनाउने र नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नियाेगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।





