अर्जुनधारा १० का टोल विकास तथा विषयगत समितिले लिए सपथ


२४ भाद्र २०७९, शुक्रबार १८:३८ मा प्रकाशित

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको १० नम्बर वडाले टोल विकास समिति तथा वडास्तरीय विषयगत समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएको छ । अर्जुनधारा नगरपालिकाले निर्माण गरेको कार्यबिधि अनुरुप टोल विकास समितिको गठन र वडास्तरीय बिषयगत समिति गठनमा अन्य वडाभन्दा पहिलो बनेको १० नम्बर वडाले शुक्रबार नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएको हो ।

१० नम्बर वडाको पञ्चकन्या मन्दिरको सभाहलमा आयोतिज कार्यक्रमकामा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले सपथ ग्रहण गराउनु भएको थियो । वडाअध्यक्ष भुपेन्द्र न्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा वडामा गठन गरिएका ५ वटा टोल विकास समिति र ३ वटा विषयगत समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाईको हो । टोल विकास समिति अन्र्तगत १ नम्बर टोलमा भिम बस्नेत, २ नम्बर टोलमा सन्त तामाङ, ३ नम्बर टोलमा देवीप्रसाद सुनुवार मुखिया, ४ नम्बर टोलमा पशुपति घिमिरे र ५ नम्बर टोलमा हरीराज भट्टराईको अध्यक्षतामा गठन भएको टोल विकास समितिलाई सपथ खुवाइएको हो ।

त्यस्तै विषयगत समिति अन्र्तगत विमल योङहाङ्को अध्यक्षतामा गठन गरिएको यूवा परिषद, सुजन कुमार थापाको अध्यक्षतामा गठन गरिएको खेलकुद विकास र कुलप्रसाद बरालको अध्यक्षतामा गठन गरिएको कला साहित्य सस्कृती समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाइएको थियो । ५ वटा टोल विकास र ३ वटा विषयगत समिति प्रत्येकमा १५ जना रहने गरि समिति निर्माण गरिएको १० नम्बर वडाका वडासचिव त्रिबिक्रम पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा नवगठित टोल विकास समितिहरुलाई कार्यबिधि समेत हस्तानन्तरण गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका १० नम्बर वडा कमिटि सचिव टेकेन्द्र लावती, नेपाली काँग्रेसका निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का सचिव गोपाल चौधरी र नेकपा एमालेका जिल्ला कमिटि सदस्य रोहीतमान ढकालले आफ्नो धारणा राख्नुभएको थियो । त्यस्तै अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरी कुमार रानाले बिषय गत समिति र टोल विकास समितिहरुले खेल्नुपर्ने भुमिकाहरुका विषयमा आफ्ना भनाई राख्नुभएको थियो ।

वडाअध्यक्ष भुपेन्द्र न्यौपानेले वडा विकासका हरेक गतिबिधिमा टोल विकास र विषयगत समितिहरुसंग वडाले सहकार्य गरेर अघि बढ्ने बताउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुलीले टोल विकास समिति र विषयगत समितिले वडा विकासमा खेल्नुपर्ने भुमिका महत्वपूर्ण भएको बताउनुभएको थियो । उहाँले नगरपालिकाले निर्माण गरेको कार्यबिधि अनुरुप कार्य गर्न नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सुझाव समेत दिनुभएको थियो ।

वडासचिव त्रिबिक्रम पोखरेलले संञ्चालन गर्नु भएको कार्यक्रममा वडासदस्य तुलसा बिष्ट महत्तराले स्वागत गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु रुपेश लिम्बु र डम्बर प्रसाद धौरालीको समेत उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here