नेपालमा थप एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि


२४ भाद्र २०७९, शुक्रबार १७:५८ मा प्रकाशित

काठमाडौँ ।   नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परिक्षणका क्रममा १ सय १० जना र २ हजार १ सय ८ पिसिआर परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ३३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८४ हजार ८२ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ४ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here