सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी


२३ भाद्र २०७९, बिहीबार ११:५८ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलयको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको हो ।

बुधबारको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो ।

कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ ।

कार्यदलले सहमति-असहमति सबै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति हुन नसकेका विषयमा शीर्ष नेताले नै निर्णय गर्ने तयारी भएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here