सुनको भाउमा बृद्धि


२३ भाद्र २०७९, बिहीबार १२:१० मा प्रकाशित

काठमाडौँ ।   सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here