एक व्यक्तिका कारण समग्र क्रिकेटमा असर पर्न दिन हुँदैनः क्यान अध्यक्ष चन्द


२३ भाद्र २०७९, बिहीबार ११:२९ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कुनै एक व्यक्तिका कारण समग्र क्रिकेटमा असर पर्न दिन नहुने बताउनुभएको छ ।

बिहीबार किर्तिपुरस्थीत टियु मैदानमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा चन्दले क्रिकेट सामूहिक खेल भएकाले कुनै व्यक्तिमा पर्ने घटना परिघटनाले क्रिकेटमा बाधा पर्न नहुने बताउनुभएको हो ।

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

त्यस्तै चन्दले क्रिकेट पूर्वाधारको बिकासका लागि सरकारले धेरै सहयोग गरेको बताउनुभयो ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here