५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै


२३ भाद्र २०७९, बिहीबार ०८:०६ मा प्रकाशित

काठमाडाैं । आज ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्यांकनको मापनसहितको प्रतिवेदन सार्वजनिक गर्दैछ । शिक्षासँग सम्बन्धित संघ-संस्थाले पनि विभिन्न कार्यक्रम गर्दैछन् ।

यस वर्षकाे दिवसका लागि संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नारा तय गरेको छ । युनेस्कोले सन् १९६७ देखि सेप्टेम्बर ८ का दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।

नेपालमा अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here