समानुपातिकतर्फको मतपत्र छाप्ने काम सुरु


२३ भाद्र २०७९, बिहीबार ०७:२३ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ बुधबारदेखि सुरू गरेको छ।

आयोगका पदाधिकारीका अनुसार राप्रपा नेपालको चुनाव चिह्नका विषयमा अदालतले दिएको आदेशपछि बुधबारबाट समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरिएको हो ।

आयोगको आन्तरिक कार्यतालिका अनुसार भदौ २० गतेबाट मतपत्र छपाइको काम सुरु गर्ने थियो ।

बिहीबारसम्म प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ हुने आयोगले जनाएको छ ।

पहिलो चरणमा निर्वाचन शिक्षा कार्यक्रमका लागि आवश्यक करिब ६ लाख मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here