राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी आरोपमा प्रहरीमा जाहेरी


२२ भाद्र २०७९, बुधबार ०६:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी आरोपमा प्रहरीमा जाहेरी परेको छ ।

काठमाडौको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।

मंगलबार साँझ परेको जाहेरीबारे प्रहरीले केही बोल्न चाहेको छैन ।

प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको स्थानको प्रमाण संकलनको प्रक्रिया अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here