काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज टुङ्ग्याउने भएको छ ।
चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम सकेसम्म बुधबार नै टुङ्ग्याउने गरी मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको थियो ।
सिट बाँडफाँटका सम्बन्धमा सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म आजै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाउने तयारी छ ।





