कर्मचारीबीचको ब्याडमिन्टन प्रतियोगिताको उपाधि बाणिज्य बैंक बिर्तामोड शाखालाई


२१ भाद्र २०७९, मंगलवार २०:४६ मा प्रकाशित

झापा । निजामती सेवा दिवस २०७९ को अवसरमा कर्मचारी मिलन केन्द्र भद्रपुरका सदस्यहरूबीच गराइएको मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्रिय बाणिज्य बैंक बिर्तामोड शाखाको जोडीले हात पारेको छ ।

मंगलबार भएको फाइनल खेलमा नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडीलाई २१–७, २१–१२ को सोझो सेटमा हराउँदै बाणिज्य बैंक बिर्तामोड शाखा विजयी बनेको हो ।

बाणिज्य बैंकको तर्फबाट प्रज्जवल ओझा र खगेन्द्र कन्दङ्वाको जोडी तथा विद्युत प्राधिकरण दमक वितरण केन्द्रको तर्फबाट धिरेन्द्र बजगाइँ र टंकप्रसाद उप्रेतीको जोडीबीच अन्तिम प्रतिष्पर्धा भएको थियो ।

बाणिज्य बैंकको जोडीले सेमीफाइनलमा जिल्ला अदालत झापाका न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र रमेशप्रसाद रिजालको जोडीलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै अर्जुनधारा नगरपालिकाका हिमराज सेढाइँ र विपीन लम्सालको जोडीलाई हराउँदै नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडी फाइनल पुगेको थियो ।

विजेताले नगद १० हजार र उपविजेताले नगद ७ हजार पुरस्कार पाउनेछन् । उनीहरूलाई भदौ २२ गते निजामती सेवा दिवस समारोहमा वितरण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here