अर्जुनधाराको हलुवागढ सामुदायीक वन तथा उपभोक्ता समितिले पायो नयाँ नेतृत्व


२१ भाद्र २०७९, मंगलवार १९:२३ मा प्रकाशित

अर्जुनधारा ।   विभिन्न आन्तरकि द्धवन्दका कारण दुई बर्षभन्दा लामो समयदेखि संस्था संचालनमा अन्योलता खेपिरहेको अर्जुनधारा नगरपालिकाको हलुवागढ सामुदायीक वन तथा उपभोक्ता समितिले नयाँ नेतृत्व पाएको छ ।

मंगलबार संस्थाको कार्यलय परिसरमा आयोजित घोषणासभा तथा सपथ ग्रहण कार्यक्रमकाबिच हलुवागढ सामुदायीक वन तथा उपभोक्ता समितिको नयाँ कार्यसमितिमा अध्यक्ष देउनारायण राईसहित पदाधीकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएको घोषणा गरिएको हो । सामुदायीक वनको नेतृत्व छनोटमा लामो समयको प्रयासपछि गत साउन १३ गते सहमति जुटेपछि निर्वाचन नगराई सर्वसम्मत नेतृत्व छनोट गरिएको हो ।

हलुवागढ सामुदायीक वनको नयाँ कार्यसमितिको उपाध्यक्षमा बुद्धकला फुयल ढकाल, सचिवमा ओम बहादुर तोलाङ्गी, सहसचिवमा राम बहादुर फागो र कोषध्यक्षमा पुजा लिम्बु सर्वसम्मत चयन हुनु भएको निर्वाचन समितिका संयोजक तथा अर्जुनधारा नगरपालिका वडा नम्बर १ का वडासदस्य मदन कुमार लिमेल मगरले जानकारी दिनुभयो ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा अस्मिता चापागाई, लिलादेवी रामदाम, युवराज आचार्य, बालकुमार लिम्बु, विष्णु कुमार तामाङ, रोशन मिश्र, मिरा आचार्य र निरु शिवा चयन हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार नै सपथग्रहण गराईएको छ । उनिहरुलाई निर्वाचन समितिका संयोजक मदन कुमार लिमेल मगरले सपथ खुवाउनु भएको थियो ।

त्यस्तै नवनिर्वाचित कार्यसमितिलाई मंगलबारनै प्रमाण–पत्र समेत बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र बिषेश अतिथि अर्जुनधारा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उपेन्द्र बस्नेतले प्रमाण–पत्र बितरण गर्नुभएको थियो ।

सपथ ग्रहणपछि उपभोक्ताहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष देउनारायण राईले वन संरक्षण र विकासको क्षेत्रमा आर्थीक पारदर्शितालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । उहाँले सामुदायीक वनले गरिरहेको पर्या–पर्यटन पूर्वधार विकास र गरिबी निवारण लगायतका कार्यक्रमहरुलाई प्राथमिकताकासाथ निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

निर्वाचन समितिका संयोजक मदन कुमार लिमेल मंगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वाचन समिति सदस्य समेत रहनु भएका सव–डिभिजन वन कार्यलय कनकाई सुरुङगाका रेन्जर राजेश घिमिरे र सामुदायी वन नगरमहासंघ अर्जुनधाराका अध्यक्ष दिव्य कट्टेल, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, वडाअध्यक्ष उपेन्द्र बस्नेत, उपमेयर खड्गमाया पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here