काठमाडौँ । साफ महिला च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले भुटानलाई एक–शून्यले पछि पारेको छ ।
पहिलो हाफको खेल सकिँदा नेपालले एक–शून्यको अग्रता लिएको हो ।
खेलको १२ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आजको खेलमा डेब्यु गरेकी अमिसा कार्कीको पासमा सावित्राले गोल गरेकी हुन् ।
आजको खेलमा फर्वार्ड कार्की र मिडफिल्डर दीपा शाहीले राष्ट्रिय महिला फुटबल टिममा डेब्यु गरेका छन् ।





