एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दै


२१ भाद्र २०७९, मंगलवार १२:१२ मा प्रकाशित

काठमाडौँ ।  एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ ।

सुपर चार अन्तर्गत आफ्नो पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो भने श्रीलङ्काले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगितामा सहभागी ६ देशमध्ये भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । सुपर चारमा चारै टोलीले एकअर्कासँग खेल्नेछन् ।

भोलि पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । शीर्ष दुई टोलीबीच उपाधिका लागि आइतवार प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here